You are viewing the translated version of विनिमय दर स्थिर (लक) गर्ने.

Rule 12
विनिमय दर स्थिर (लक) गर्ने
(१) नियम ११ को उपनियम (१) बमोजिम हेजिङ्ग गर्ने संस्थाको खातामा जम्मा हुन आएको विदेशी मुद्रालाई हेजिङ्ग गर्ने संस्थाले सोही नियमको उपनियम (२) बमोजिम जुन विनिमय दरमा नेपाली मुद्रामा परिवर्तन गरेको हो सोही विनिमय दरमा हेरफेर वा घटबढ नहुने गरी स्थिर गर्नेछ।
(२) उपनियम-(१) बमोजिम स्थिर गरिएको विनिमय दरमा सम्झौता अनुसारको रकम फिर्ता भुक्तानी पाउने गरी हेजिङ्ग गर्ने संस्थाले परियोजना वा त्यसको लगानीकर्तालाई हेजिङ्ग सुविधा उपलब्ध गराउनेछ।